तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'मोबिल मिसिएको पानी आफ्नै कपडाले छानेर पिएँ'
- Author, कमल परियार
- Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
- Published
रसुवा बाढीका कारण माथिल्लो त्रिशूली थ्रीए जलविद्युत् आयोजनाको सुरुङमा फसेको १० दिनपछि उद्धार गरिएका सञ्जय साहले "मोबिल मिसिएको पानी'' आफ्नै कपडाले छानेर खाएको बीबीसी न्यूज नेपालीलाई बताएका छन्।
उद्धार भएपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार गराइरहेका उनी शुक्रवार 'डिस्चार्ज' भएका हुन्।
सुरुङभित्र खाना नभए पनि हावा पर्याप्त रहेको र पानीका लागि आफूले निकै सङ्घर्ष गर्नुपरेको उनले बताए।
त्यतिका दिनसम्म उनी कसरी बसे?
"मोबिल मिसिएको पानी आफ्नै कपडाले छानेर पिएँ, दुई-तीन दिन त भेन्टिलेशनमा झुन्डिएर बसेँ," जवाफमा उनले भने।
सप्तरी घर भएका साह उक्त जलविद्युत् आयोजनामा 'मेकानिकल फोरम्यान'का रूपमा कार्यरत रहेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।