घाइते चितुवाले उद्धारकर्तालाई नै झम्टियो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
घाइते चितुवाले उद्धारकर्तालाई नै झम्टियो
Published

दक्षिणपश्चिम भारतको एउटा सडकमा गाडीले हानेर घाइते भएको एउटा चितुवालाई उद्धार गर्न गएका एक उद्धारकर्तामाथि उक्त जनावरले आक्रमण गरेको छ।

उद्धारकर्ताहरूले उक्त चितुवालाई 'डार्ट' प्रयोग गरेर लट्ठाउने सुई दिएका थिए। त्यसपछि ट्रकमा हाल्न खोज्दा चितुवा उद्धारटोलीका एक सदस्यमाथि जाइ लागेको हो।

अहिले चितुवा र उद्धारकर्ता दुवै जनाको अवस्था स्थिर रहेको बताइएको छ।

एक अधिकारीले उक्त चितुवालाई एउटा वनोद्यानमा निगरानीमा राखिएको बीबीसी हिन्दीलाई बताए। उनका अनुसार उक्त चितुवालाई पछि सम्भवतः कुनै उद्धारकेन्द्रमा पठाइने छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।