तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भूकम्पपछि जापानको शपिङ सेन्टरबाट मानिसहरू भागेको दृश्य
भूकम्प गएपछि जापानको क्यूशू टापुस्थित कुमामोतोमा रहेको एउटा शपिङ सेन्टरमा फसेका मानिसहरूको खोजी तथा उद्धारकार्य अझै जारी छ।
उद्धारकर्मीहरूले काशिमा नगरस्थित इओन मलको भग्नावशेषमा मानिसहरूको खोजी गरिरहेका छन्।
भूकम्पका कारण ठाउँठाउँमा विद्युत् आपूर्ति बन्द भएको छ र सडकहरूमा क्षति पुगेको छ। अधिकारीहरूका अनुसार एउटा दरबारको पर्खालको केही भाग भत्किएको छ र इउटा आकाशेपुल पूर्ण रूपमा नष्ट भएको छ।
त्यहाँ डेढ लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन्। अधिकारीहरूका अनुसार ४०,००० भन्दा बढी घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
कुमामोतो प्रिफेक्चरस्थित एउटा कागज कारखानाको चिम्नी भत्किँदा केही मानिसहरू सम्पर्कविहीन भएको अधिकारीहरूले बताएका छन्।
जापानी सरकारी निकायले मङ्गलवारको भूकम्प म्याग्निट्यूड ७.१ को भएको जनाएको छ। यद्यपि अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले त्यहाँ म्याग्निट्यूड ६.८ को भूकम्प मापन गरेको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।