भिडिओ लाइभस्ट्रीममा देखियो गोली हानिएको क्षण

भिडिओ लाइभस्ट्रीममा देखियो गोली हानिएको क्षण
Published

अमेरिकाको सिएटलमा गत आइतवार एउटा खाना महोत्सव भइरहेका बेला गोली चल्दा तीन जनाको ज्यान गएको छ भने कम्तीमा अन्य चार जना घाइते भएका छन्।

प्रहरीले उक्त गोलीकाण्डमा तीन जना संलग्न भएको विश्वास गरिएको बताएको छ।

एक सन्दिग्ध व्यक्ति घटनामै मारिएको ठानिएको छ भने अर्का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले तेस्रो व्यक्तिको खोजी गरिरहेको छ।

एक व्यक्तिले कार्यक्रममा लाइभस्ट्रीम गरिरहेका बेला गोली चलेको सुनेपछि के भयो? यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।