छोरीको मुटु अर्को बालकको छातीमा धड्किएको सुन्दा भक्कानिइन् आमा
युक्रेनमा एक बालकमा सफलतापूर्वक मुटुप्रत्यारोपण भएको छ। उनलाई एउटी दिवङ्गत बालिकाको परिवारले मुटुदान गरेको थियो।
ती बालक र मृत बालिकाका आमाहरूको भेट निकै भावुक बन्न पुग्यो। बालिकाकी आमा आफ्नी छोरीको मुटु ती बालकको छातीभित्र धड्किएको सुन्दा भक्कानिएकी थिइन्।
मुटु प्रत्यारोपण गरिएका १२ वर्षीय बालक नजार विगत तीन वर्षदेखि गम्भीर बिरामी थिए। उनी रगतको क्यान्सर, कडा खालको न्यूमोनिआ र पछि मुटुको समस्याबाट पीडित थिए।
उनको जीवन जोगाउने एकमात्र उपाय मुटुप्रत्यारोपण भएको निष्कर्षमा चिकित्सकहरू पुगेका थिए।
आफ्नी छोरी गुमाएको एक परिवारले अङ्गदान गर्ने निर्णय गरेपछि नजारले प्रत्यारोपणका लागि स्वस्थ मुटु पाएका हुन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



