अंग प्रत्यारोपण गरेका व्यक्तिको खेल आकर्षण
Published
करिब एक दशकदेखि आयोजना गरिँदै आएको अंग प्रत्यारोपण राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीको संख्या बढ्दै गएकोमा आयोजकहरूले खुसी व्यक्त गरेका छन्।
प्रतिस्पर्धामा उत्रिएका खेलाडीहरू देखेपछि अन्य प्रत्यारोपितहरू पनि हौसिने र यसले स्वस्थ जीवन बाँच्न मद्दत पुग्ने गरेको चिकित्सकहरू बताउँछन्।
नेपालमा झन्डै ३ हजारको हाराहारीमा अंग प्रत्यारोपण गरेका व्यक्तिहरू रहेको तथ्यांक छ।