विश्वकपमा 'ड्रोन स्कोरबोर्ड'ले अमेरिकाको आकाश झिलिमिली

विश्वकपमा 'ड्रोन स्कोरबोर्ड'ले अमेरिकाको आकाश झिलिमिली
Published

संयुक्त राज्य अमेरिकाको सियाटलमा फिफा विश्वकप २०२६ आयोजनास्थलमा खेलको अन्तिम नतिजा 'ड्रोन स्कोरबोर्ड'मा देखाइँदा त्यहाँको आकाश उज्यालियो।

जुन १५ मा त्यहाँ बेल्जिअम र इजिप्टबीच खेल भएको थियो। उक्त खेल १-१ को बराबरीमा टुङ्गिएको थियो।

सियाटलको आकाशमा खेलको अन्तिम नतिजासहित प्रतिस्पर्धी राष्ट्रका झण्डा पनि देखाइएको थियो।

विश्वकपमा ड्रोनबाट यसरी पहिलो पटक नतिजा देखाइएको ठानिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।