एपलले अहिले किन ल्यायो दोबार्न मिल्ने आईफोन

भिडिओ क्याप्शन सुरु हुँदैछ,
एपलले अहिले किन ल्यायो दोबार्न मिल्ने आईफोन
Published

एपलले आईफोन ल्याएको २० वर्षपछि पहिलो पटक उक्त स्मार्टफोनको रूपमा सबैभन्दा ठूलो परिवर्तन गरेको छ।

नयाँ प्रमुख कार्यकारी प्रमुख जोन टर्नसको नेतृत्वमा सो कम्पनीले अहिले 'फोल्डिङ' अर्थात् दोबार्न मिल्ने आईफोन सार्वजनिक गरेको छ।

'आईफोन डुओ' भनिएको यो स्मार्टफोन पुस्तकजस्तो देखिन्छ र यो अहिलेसम्म सार्वजनिक आईफोनमध्ये सबैभन्दा ठूलो हो।

यस मूल्य १,९९९ देखि ३,२०० अमेरिकी डलरसम्म पर्न सक्छ। मूल्यका आधारमा पनि यो अहिलेसम्मकै सर्वाधिक महँगो आईफोन हो।

टर्नसका अनुसार "आईप्याडबाट उत्प्रेरित" भएर डुओ बनाइएको हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।