अत्यधिक तातो पेयपदार्थ सेवन गर्दा क्यान्सर हुन सक्ने चेतावनी
नियमित रूपमा निकै तातो चिया वा कफीजस्तो पेयपदार्थ सेवन गर्ने गर्नुभएको छ भने सावधान हुनुहोस् है।
वैज्ञानिकहरूले यूकेमा गरेको एउटा अध्ययनमा त्यसो गर्दा भोजननलीको क्यान्सर हुने जोखिम बढ्ने देखिएको छ।
अनुसन्धानकर्ताहरूका अनुसार झन्डै १० लाख मानिसमा गरिएको सो अध्ययन तातो पेयपदार्थ सेवन र भोजननलीको क्यान्सरबीच सम्बन्ध रहेको प्रमाणित गर्ने अहिलेसम्मकै सबैभन्दा ठूलो अध्ययन हो।
चिया वा कफी "मनतातो" बनाएर पिउने मानिसहरूको तुलनामा "धेरै तातो" पिउनेहरूमा त्यस्तो जोखिम झन्डै तीनगुना बढी भएको पाइएको छ। तर विज्ञहरू यसबाट क्यान्सर हुने समग्र सम्भावना अन्य कारकहरूका तुलनामा अझै पनि कम रहेको औँल्याउँछन्।
बाफ आउने गरी तातो तरल पदार्थ सेवन गर्दा पेटसम्म पुग्ने मार्गमा रहेका कोशिकाहरूको भित्री सतहमा क्षति पुग्न सक्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



